भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं। “सर्वसुलभ उपचार हाम्रो पहिचान, स्वस्थ नागरिक हाम्रो अभियान” नारासहित स्थापित २५ बेडको विशिष्ट विशेषज्ञ सेवासहितको फ्रेण्डशिप कम्यूनिटी हस्पिटलको पूर्व स्वास्थ्य मन्त्री माननीय गगन कुमार थापाले उद्घाटन गरेका छन्।
काठमाडौं महानगरपालिका वडा नं.-४,धुम्बराही, सुकेधारामा स्थापना गरिएको हस्पिटलको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले पर्याप्त मात्रामा सरकारी अस्पतालले बिरामीलाई सेवा दिन नसक्दा, जटिल स्वास्थअवस्था हुँदा आईसियुको लागि अस्पतालमा डाक्टरहरुलाई भनसुन गर्नुपर्ने बाध्यता, समयमा बिरामीले उपचार नपाउँदा निम्न देखि मध्यम वर्गका बिरामीहरु उपचारको लागि बाध्य भएर प्राइभेट अस्पताल जानुपरेको वास्तविकतालाई उजागर गर्दै यस्तो प्रकारको समस्या केही हदसम्म भएपनि निराकरण गरि बिरामीहरुलाई सामुदायिक अस्पतालले सेवा दिएको बताएका थिए। वरपरका अस्पतालहरुको भिडमा फ्रेन्डसीप कम्यूनिटी हस्पिटलले गुणस्तरीय सेवा सुबिधा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए।
फ्रेण्डशिप कम्यूनिटि हस्पिटलले आजदेखि शुरु गरेको ६ वटा बिशेषज्ञ बहिरंग सेवा (ओपिडी) पनि सुरु गरेको छ। हस्पिटलले निम्न र मध्यम वर्गीय बिरामीहरुलाई लक्षित गरि शुरु गरिएको सेवाहरु बिशेषज्ञ बहिरंग (ओपिडी) सेवा, बिशेषज्ञ अन्तरंग सेवा, आकस्मिक सेवा (ईमर्जेन्सी), जनरल/बिशेषज्ञ सर्जरी सेवा, स्त्री रोग बिशेषज्ञ सेवा, बालरोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा सम्बन्धि बिशेषज्ञ सेवा, गुणस्तरीय प्रयोगशाला सेवा, रेडियोलोजि एक्स रे, औषधि सेवा (फार्मेसी) पूर्ण शरीर जाँच , परिवार नियोजन तथा मातृशिसु स्वास्थ सेवा, स्वास्थ्य शिविर संचालन, खोप, यौन रोग उपचार सेवा २४ सै घन्टा उपलब्ध हुनेछन्।
काठमाडौं महानगरपालिका वडा-४ का अध्यक्ष मोहन बिष्ट, बुढानिलकण्ठ नगरपालिका वडा ९ कि कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, १० का अध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले शुभकामना मन्तव्य राखेका थिए।
हस्पिटलका मेडिकल डाईरेक्टर विश्वराज खनालले कुनै पनि नागरिकले स्वास्थ्य, शिक्षा र औषधाेपचारको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् र नागरिकलाई सर्वसुलभ र गुणस्तरीय उपचार सेवा सुविधा उपलब्ध गराउन सकियोस् भनेर नै फ्रेन्डसीप कम्यूनिटी हस्पिटलको स्थापना गरिएको बताएका थिए।
हस्पिटलका अध्यक्ष प्रेमकुमार श्रेष्ठले कार्यक्रमको समापन गर्दै समुदायका आम जनताहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरि सेवाको माध्यमबाट राष्ट्रको विकासमा योगदान अस्पतालहरुको भिडमा केही फरक ढंगबाट समय सापेक्ष सेवालाई गुणस्तरीय र अत्याधुनिक प्रविधिसहितको थप सेवामुखी र सेवाको क्षेत्रलाई वृद्धि गरिने बताएका थिए।
कार्यक्रममा फ्रेन्डसीप कम्यूनिटी हस्पिटल सञ्चालक समितिको उपाध्यक्ष मिना कटुवालले उपस्थित अतिथि लाई स्वागत गरेकी थिइन् भने सचिव जे.बि.दीपक अधिकारीले कार्यक्रम संचालन गरेका थिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38nd4tk via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

