Loading...
Loading...
स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्राथमिकतामा : मन्त्री राई
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री उषाकला राईले हरेक अस्पतालमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र समग्र सरसफाइलाई प्राथमिकतामा राखिने बताइन् ।

बुधबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले संघीय सरकारबाट प्राप्त कोभिड–१९ को खोप प्राथमिकताका आधारमा लगाउने कार्यकमलाई निरन्तरता दिनेछ भनिन् । मन्त्री राईले प्रदेश मातहतका सम्पूर्ण अस्पताललाई कम्तीमा ५० शय्यामा सत्तरोन्नति गरी दरबन्दी संरचना थप गरिने उल्लेख गर्दै शिक्षामा सरकारले गरेको लगानीअनुसारको परिणाम प्राप्त गर्न विज्ञको अध्ययन टोलीले सिफारिस गरेअनुसार गर्नुपर्ने कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका अधिकारमा विशेष ध्यान दिने भन्दै युवा खेलकुद, भाषा संस्कृति, श्रम तथा रोजगारका क्षेत्रमा पनि प्राथमिकता दिने बताइन् । आवश्यकताअनुसारको कानुन निर्माणमा जोड दिने बताउँदै उनले ‘ब्यान्ड भर्सेस ब्रान्ड’ को अवधारणाअनुसार नेपाली कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको बारेमा कानुनी र व्यावहारिक पक्षको अध्ययन गरी लागु गरिने जानकारी दिइन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fu4i15 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.