Loading...
Loading...
बलात्कारको झुटो आरोप लगाउने ३७ वर्षीया महिलालाई तीन वर्ष छ महिना कैद
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

वीरेन्द्रनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ ।

सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए ।

अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30PXRwF via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.