Loading...
Loading...
आज महाशिवरात्री, काठमाडौंको पाशुपत क्षेत्रलगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको घुईंचो, मास्कको प्रयोग अनिवार्य
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । आज शिवरात्री । हिन्दु धर्मालम्बीहरुका आराध्यदेव भगवान शिवको आज विशेष पूजा आराधना गरिँदैछ । आजको दिनलाई शिवको प्रिय दिनको रुपमा पनि मानिन्छ ।

आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्नका लागि भक्तजनहरुको ठूलो घुईंचो लागेको छ । त्यसैगरी विश्वभरका शिवालयमा श्रद्धाभक्तिका साथ भगवान शिवको विशेष आराधना भैरहेको छ ।

वेदमा शिवलाई रुद्र भनिएको छ । रुद्रको अघिपछि भूतप्रेत, पिसाच, नन्दी लगाएर हिँड्ने महाकाल शिवको आराधनाको महापर्व नै शिवरात्रि हो ।

शिव व्यक्तिको चेतनामा अन्तर्यामी छन् भन्ने मान्यताकासाथ त्यहि अन्तर्यामी चेतना जगाउने र उनै शिव र शक्तिको मिलनको पर्वका रुपमा महाशिवरात्रि पर्व मानिन्छ ।

यस पर्वको हिन्दू धर्ममा विशेष महत्व छ । यसैबीच महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्थापन गरेको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहानै ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन् ।

मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

विगतका वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्ने भक्तजनहरुका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rAGCet via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.