भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

सप्तरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदको पुनर्स्थापना भए प्रधानमन्त्री केपी शर्मा ओली सकिने बताएका छन् । उनले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउने दिन नजिकिँदा प्रधानमन्त्री ओली अत्तालिन थालेको बताए ।
आइतबार राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले संविधान अनुसार फैसला अदालतले गर्न लागेको आभास ओलीलाई भइसकेको बताए । नेता पौडेलले विराटनगरमा प्रम ओलीको सम्बोधन तर्फ इंकित गर्दै भने, ‘सकिन लागेँ भनेर नै उनी अदालतलाई धम्क्याउने तर्फ लागेका छन् ।’
नेता पौडेलले प्रम ओलीको अदालतले आफ्नो पक्षमा निर्णय नभए आन्दोलन गर्ने भन्ने भनाईप्रति चुनौति दिँदै प्रधानमन्त्री पद त्याग गर्न भनेका छन् । उनले प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा जान प्रम ओलीलाई सुझाव दिएका हुन् ।
उनले भने, ‘ले तिमीहरु मेरो पक्षमा फैसला गर्दैनौं भने आन्दोलन गर्छु भनेका छन् । केपी ओलीले प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने ? प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलन गर्नुस् ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qI5IrA via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

