Loading...
Loading...
परिवार दलको सातै प्रदेशस्तरीय भेला सम्मन्न
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। परिवार दलले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन गरेको छ । बुधबार बाग्मती प्रदेशस्तरीय भेला सम्पन्न गरेसँगै सातै प्रदेशको भेला सकिएको हो ।

पछिल्लो समय जातीय क्षेत्रीय, धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रवादको पक्षमा उभिएको दाबी गर्ने परिवार दलले अग्रपन्थी लोकतन्त्रलाई आफ्नो राजनीतिक दर्शन मान्दै आएको जनाएको छ ।

सातै प्रदेशका भेलामा नागरिक समाज, बुद्धिजीवी सञ्चारकर्मी, कलाकार, राष्ट्रसेवक लगायत सबै तह र तप्काका नेतृत्वको सहभागिता रहेको पार्टीले जनाएको छ ।

बाग्मती प्रदेश सम्पर्क समितिले आयोजना गरेको भेलामा सम्बोधन गर्दै र दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपालका पुराना दलहले समृद्धिका कुरा गरे पनि सुशासनलाई कम महत्त्व दिएको बताउँदै नेपालको राजनीतिमा मूल्य, मान्यता र निष्ठाको आवश्यकता रहेको बताए ।

अध्यक्ष ढकालले जबसम्म राज्य सञ्चालक इमानदार हुँदैनन् तबसम्म देशमा सुसंस्कार र सुशासनको प्रत्याभूति हुन नसक्ने ठोकुवा गरे । उनले लोकतन्त्र र सुशासनमाथि खतरा पढेलेखेका बुद्धिजीवी र जान्ने सुन्नेहरुबाटै रहेको भन्दै विभेदरहित र समातामूलक समाज निर्माण गर्न समृद्धि सुसासन, मूल्य र मान्यता सँगसँगै हुनुपर्ने बताए ।

पूर्वसभासद बिनोद पहाडीले परिवार दललाई निष्ठावान पार्टी भन्दै सान्दर्भिकता अहिले झन् बढेको बताए । अन्तरधार्मिक परिषद अध्यक्ष केशव चौलागाईंले सबै धर्म संस्कृतिप्रति सद्भाव कायम गर्न परिवार दलले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपन्थी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुन सक्ने बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bAySCx via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.