Loading...
Loading...
मेलम्ची खानेपानीको सुरुङ परीक्षण शुरु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङलगायतले आज सो कार्यको शुभारम्भ गरेका हुन् । आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको हो ।

गत असार २१ गतेदेखि पानी परीक्षण शुरु गरेको आयोजनाले ३० गते १७ नं गेट फुटेर परीक्षण स्थगित गरिएको थियो । सो घटनामा दुईजनालाई खोलाले बगाएको समेत थियो । दुईमध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको शव अझै फेला परेको छैन । मन्त्री थापाले पानी काठमाडाैं लगेर वितरण गर्न सक्यो भने ठूलो उपलब्धि हासिल हुने बताए । उनले आयोजनाका बारेमा आफूलाई खासै ज्ञान नभएको भन्दै सचिव र इन्जिनीयरसँग समन्वय गरिरहेको बताए। पूर्वमन्त्री तामाङले पानी पथान्तरण गरिसकेपछि जिल्लावासीले पाउने लेभीको टुङ्गो छिट्टै लाग्ने विश्वास व्यक्त गरे। उनले पानी लगिसकेपछि काठमाडौँले सिन्धुपाल्चोकको विकास निमार्णको काममा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । “विशेषज्ञहरूले निरीक्षण गरे, उनका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार गरिएको छ”, आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेल तथा काठमाडौंका विभिन्न अस्पतालसँग समन्वय गरिएको छ ।

कार्यकारी निर्देशक खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरूआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उहाँले बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pJ9pfj via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.