भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे केन्द्रीय समिति बैठकलगत्तै बिहिवार साँझ युवा विद्यार्थीले देशका विभिन्न भागहरूमा मसाल जुलुस निकालेका छन् । विराटनगरको संसारीमाईस्थान र घोघापुल चोकबाट राँके जुलुससहित आएको समूहले जलजला चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएकाे छ ।
सुर्खेतको वीरेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध युवाहरुले मसाल जुलुस निकालेका छन् । युवाहरुले ‘नालायक ओली मुर्दावाद’, ‘संसद विघटन खारेज गर,’ ‘तानाशाह ओली मुर्दावाद’ र ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
काठमाडौमा भने बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस निकालेका थिए । साे पार्टीकाे केन्द्रीय समितिकाे बैठकले विभिन्न निर्णयहरू सार्वजनिक गरेकाे छ ।
बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी समेत बनाएको छ। संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षको बिहीवार बसेको केन्द्रीय कमिटी बैठकले सरकारविरुद्ध देशभर विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ।
नेकपाकाे बैठकले गरेका बाँकी निर्णयहरूः–
१) पुस १० गते ९ः३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर निर्वाचन आयोगमा जाने ।
२) पुस १० गते दिउसो २ः०० बजे पत्रकार सम्मेलन ।
३) १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
४) १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
५) १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
६) १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
७) २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने ।
८) २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
९) काठमाडौंलगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
१०) क. नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hoSlsw via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

