भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

खाँदबारी । प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।
आइतबार दिउँसो करिव ३ बजेतिर विप्लब समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए । यसअघि पनि विप्लव समूह र प्रहरीबीच संखुवासभामा २ दुईपटक गोली हानाहान भएको थियो ।
प्रहरीको नियमित गस्तीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फाइरिङ गरेका थिए । विप्लवका जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राई समेतका विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको प्रहरी भनाइ छ ।
प्रहरीले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले केही विष्फोटक सामग्री समेत घटनास्थलबाट बरामद गरेको छ । गोली चलेपनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयका अनुसार दुवै पक्षबीच केहीबेर गोली हानाहान भएको थियो। घटनापछि उनीहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको डीएसपी मल्लले जानकारी दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2MdGwKb via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

