भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । संसद विघटन गरेर पार्टी विभाजनको बिज रोपेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले विस्तार गरेको मन्त्रिपरिषद्मा प्रचण्ड–नेपाल समुह परित्याग गर्नेहरुलाई प्राथमिकतामा परेका छन् । त्यसैगरी पहिले रहेका मन्त्रीहरुको मन्त्रालय पनि परिवर्तन भएको छ । प्रम ओलीले दुई जना आफ्नै समुहका मन्त्रीहरुलाई बर्खास्त पनि गरेका छन् ।
स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल पर्यटन मन्त्री बनेका छन् भने स्वास्थ्य मन्त्रालय हृदयेश त्रिपाठीलाई दिइएको छ । त्यसैगरी कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने कानूनमा लीलानाथ श्रेष्ठ आएका छन् ।
त्यस्तै भूमिसुधार मन्त्रालयको जिम्मेवारीमा रहेकी पद्मा अर्याल कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । युवा तथा खेलकूद मन्त्री रहेका जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री रहेका व्यवसायी मोती दुगढ भने पदमुक्त भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2KEFW7A via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

