Loading...
Loading...
डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको हो ।

केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।

सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।

एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।

पोखरेल एआईजी बने नेपाल प्रहरीको भावी आईजीपी बन्ने लगभग पक्का छ। आईजीपीका लागि उनी एक्लो उम्मेदवार हुनेछन्।

हालका आइजी शैलेश थापा क्षेत्रीले २०७९ साल बैसाख १८ गते अनिवार्य अवकाश पाउँदैछन्। आइजी थापासँगै प्रशासनतर्फका हालका तीन एआइजी पनि २०७९ बैसाख १८ गते अनिवार्य अवकाशमा जाने भएकाले पोखरेल आइजीका एकल दाबेदार हुनेछन्।

२०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल प्रहरीको सर्वोच्च पदमा पुग्ने बाटो भने हालै मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) पास गरेसँगै खुलेको हो।

हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित ४ जना एआइजी छन्। एक दरबन्दी थपसँगै अब एआइजीको संख्या ५ पुगेको छ।

प्रशासनतर्फ तीन एआइजी रहेकाले थप भएको एक दरबन्दीमा एकजना डीआइजीलाई बढुवा गर्नुपर्ने भएको हो।

यस्तो छ बढुवा सिफारिस सूची



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3losktH via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.