Loading...
Loading...
लोक सेवा आयोगको परीक्षा पनि नक्कली ! परीक्षा हलबाट २७ जना पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पर्सा । प्रहरी सहायक निरीक्षक (असई) को नक्कली परिक्षा संचालन गरिरहेको अवस्था पर्साबाट २७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण टोलीले असइ पदका लागि भन्दै लोक सेवा आयोगको नक्कली परीक्षा लिइरहेको अवस्थामा परीक्षार्थीहरुसहित २७ जनालाइ पक्राउ गरेको हो ।

वीरगन्ज ५ कुम्हालटोलस्थित रेल्वे रोडमा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवा आयोगको परीक्षा लिइरहेको अवस्थामा प्रहरीले छापा मार्दा २१ जना परीक्षार्थी र ६ जना नक्कली प्रहरी अधिकृत पक्राउ परेका हुन ।

बारा जिल्ला जीतपुर निवासी अरबिन्द कुमार भार नक्कली प्रहरी निरीक्षक बनेर प्रहरीकै पोशाकमा उपस्थित रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

लोक सेवा आयोगको कागजपत्रसहित पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि अनुसन्धान शुरु गरेको अपराध नियन्त्रण टोलिका प्रहरी नायव निरीक्षक प्रकाश राउतले जनाकारी दिए ।

नक्कली प्रहरी अधिकृत बनी लाखौं रुपैयाँ ठगी गरेको र बिद्यार्थीहरुको भबिष्यसंग खेलवाड गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले बिगत एक महिनादेखि देव पार्टी प्यालेसमा कार्यालय स्थापना गरि नक्कली लोक सेवा आयोगको परीक्षा तयारी कक्षा संचालन गर्दै आएका थिए ।

लोक सेवा आयोगको नक्कली परीक्षा सञ्चालन गर्ने र सहभागी हुने सबैलाई बिहीबार सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l10wf1 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.