Loading...
Loading...
बहराइनका राजकुमारसँग अनेरास्ववियू नेता पुनको भेट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपालको हिमाल आरोहणका लागि काठमाडौंमा रहेका बहराइनका राजकुमार शेख मोहम्मत हमाद मोहम्मद अल खलिफासँग अनेरास्ववियूका नेता दिपेश पुनले भेट गरेका छन् ।

सन् २०२१ मा सगरमाथा आरोहणको लक्ष्यसहित पूर्वतयारीका लागि लबुचे र मनास्लु आरोहण गर्न नेपाल आएका बहराइनका राजकुमार खलिफासँग पुनले भेट गरेका हुन् ।

कोभिडको यो संकटकाबीच नेपालका हिमाल चढ्न आएका राजकुमारसँगको भेटले आफूलाई खुशी लागेको नेता पुनले बताए । ‘यस्तो महामारीका बेला पनि नेपालका हिमाल चढ्न आउनु हामी नेपालीको लागि धेरै खुसीको कुरा हो । यसले अन्तराष्ट्रिय रुपमामा नेपालको पर्यटन क्षेत्र र देशको प्रचारप्रसार हुने नै छ’ राजकुमारसँगको भेटपछि उनले भने ।

राज कुमारसँग दुई देश बीचको सम्वन्ध र नेपालमा विभिन्न क्षेत्रमा गल्फ देशहरुबाट विभिन्न क्षेत्रमा हुनसक्ने लगानी, बहराईन साथै सबै गल्फ देशहरुमा रहेका नेपालीहरुको बारेमा छलफल भएका थिए ।

नेपालमा बहराईनको दुताबास नभएकोले नेपालमा छिट्टै बहराईनको दुताबास खोल्ने जानकारी पनि राजकुमारले दिएका छन् ।

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको नेतत्वको १८ सदस्यीय हिमाल आरोहण टोलीलाई सफलताको शुभकामना दिँदै नेता पुनले सो टोलीलाई आरोहण गराउन नेपाल ल्याउने र हिमाल चढाउन जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिलाई विशेष धन्यवाद भनेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35Xyvkb via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.