भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपालमा कर्मचारीतन्त्रकै बेइजेत हुनेगरी बेलाबेलामा भ्रष्टाचारका घटना सार्वजनिक हुन्छन् । अहिले एउटा यस्तै खालको भ्रष्टाचारको मुद्दा चर्चामा रहेको छ ।
अकुत सम्पत्ति आर्जन गरेर आफन्तको नाममा १६ करोड ७२ लाख रुपैयाँ लुकाएका संघीय आयोजना कार्यान्वयन इकाइ, विराटनगरमा कार्यरत तत्कालीन सिडिइ काशीप्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
अख्तियारले १६ करोड ७२ लाख रुपैयाँ विगो दावीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको जनाएको छ । इन्जिनियर गुप्ताले पदमा रहँदा पदको दुरुपयोग गरेर गैरकानुनी सम्पत्ति आज गरेर श्रीमतीसहित १३ जना आफन्तको नाममा रकम लुकाएका थिए ।
अख्तियारले दायर गरेको मुद्दामा गुप्ताले १ करोड ११ लाख रुपैयाँ वैध आर्जन गर्दा १७ करोड ८४ लाख रुपैयाँ खर्च, लगानी र सापटी दिएको पाइएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको भन्दै कारबाहीको माग गरिएको छ ।
गुप्ताकी श्रीमती मिता गुप्तालाई पनि कारबाहीको माग गरेर मुद्दा चलाइएको छ । गुप्ताका आफन्तसहित १३ जनाविरुद्ध भ्रष्टाचार गर्न दुरुत्साहन गरेको आरोपमा मुद्दा चलाइएको छ ।
आफन्तहरु उदित नारायण रौनियार, धिरज गुप्ता, अञ्जु महतो, चन्देश्वर महतो, प्रिति गुप्ता, डा.रचना साह, विकास गुप्ता, विनय सिंह, विभा रानी, संगीता साह र सन्तोष गुप्तालगायतको नाममा बैंक खाता खोलेर उनले १० करोड ४४ लाख रुपैयाँ राखेको पाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZyXKW1 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

