Loading...
Loading...
प्रजिअ दाहाललाई कारबाहीको माग गर्दै केसी समर्थकले दिए उजुरी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ। डाक्टर केसीका समर्थकहरुले काठमाडौंका प्रमूख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

उनीहरुले प्रमूख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञावाली लगायतलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।

उनीहरुले अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा तथा डा केसीका माग सम्बोधन गर्न दवाव दिदै गरेको शान्तिपूर्ण भेला भैरहेको ठाउँबाट विना कारण पक्राउ गरेको र पक्राउ गर्दा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको समेत आरोप लगाएका छन् ।

उनीहरुले डा केसीको समर्थनमा शान्तिपूर्ण भेला गर्दा आफुहरुलाई हिरासतमा राखी बन्दक बनाएको र पक्राउको कारण कारणबाट जानकारी समेत नगराएको बताएका छन् ।

डा केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग रादै १९ दिनअघिदेखि अनसनरत छन् । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

डा केसीको जीवनरक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले कालो पट्टि बाँधेर सेवा दिएका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2EKM6QS via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.