भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्ट युवतीसहित सुन्धाराबाट पक्राउ परेका छन् ।
सुन्धारास्थित ईशान होटलबाट विष्टलाई युवतीसहित बुधबार राति पक्राउ गरिएको हो । युवतीहरुसहित रहेका विष्टले होटलमा होहल्ला गर्दै रहेको भन्ने स्थानीयको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार राति प्रहरीको कन्ट्रोल १०० मा कसैले फोनबाट दिएको सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले विष्टलाई पक्राउ गरेको हो ।
‘मसँग ११ लाख रुपैयाँ छ, यत्ति पैसा सचिव र महानिर्देशकलाई दिनका लागि हो’ भन्दै विष्टले होहल्ला गरेको सूचना कन्ट्रोलमा पुगेको थियो । सो जानकारी आउनासाथ जनसेवाबाट गएको प्रहरी टोलीले युवतीसहित विष्टलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका विष्टबारे सोधपुछ गर्दा महाकाली सिँचाई आयोजनाको निमित्त प्रमुख भएको खुलेको थियो । ५१ वर्षीय विष्टको साथबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ बरामद भएको थियो । प्रहरीले विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mQL6fa via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

