Loading...
Loading...
चस्मा लगाउने व्यक्तिलाई कारोनाको संक्रमण हुने सम्भावना कम
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी । चिनियाँ वैज्ञानिकको टोलीले गरेको अध्ययनमा चस्मा लगाउने व्यक्तिलाई नलगाउने व्यक्तिको तुलनामा कोरोना भाइरसको संक्रमण कम हुने देखिएको छ ।

न्युयोर्क टाइम्सका अनुसार चीनको सिजोउको एक अस्पतालमा ४७ दिनको अन्तरमा २ सय ७६ जना बिरामीमा गरिएको अध्ययनमा वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

अध्ययनका क्रममा वुहानमा कोरोना भाइरसको संक्रमण सुरु हुने बेलामा पनि चस्मा लगाउने संक्रमित कम पाइएको थियो । अध्ययनमा संलग्नहरुले दैनिक चस्मा लगाउने व्यक्तिमा कोरोना संक्रमण हुने सम्भावना कम भएको दावी गरेका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले यो विषयमा थप अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । आँखामार्फत कोरोना प्रवेश गर्ने कुरालाई चस्माले रोक्ने भए पनि अन्य कुनै कारण छ कि भनेर अध्ययन गर्नुपर्नेमा उनीहरुको जोड छ ।

चस्मा लगाएपछि मानिससँग कुराकानी गर्दा वा हावाको सतहमा भएका भाइरस आँखामा सिधै प्रवेश गर्ने सम्भावना कम हुन्छ । बेलाबेलामा आँखा मिच्ने सम्भावना पनि कम हुन्छ । यस्तै अन्य कुनै कारण छ कि भनेर अध्ययनमा जोड दिइएको न्युयोर्क टाइम्समा उल्लेख छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32Jz4wc via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.