Loading...
Loading...
मुलुकमा स्वास्थ्य र आर्थिक सङ्कटको चुनौती छ : प्रवक्ता ज्ञावली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक सङ्कटको सामना गरिरहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य र आर्थिक सङ्कटको समुचित समाधान हुन नसके ठूलो जोखिम पैदा हुने बताए ।

“दैनिक हजारको सङ्ख्यामा संक्रमित देखिनु, दैनिक सङ्क्रमितको निधन हुनु जस्ताले हामी अझै पनि पिक विन्दुमा पुगेर तल झरेको अवस्था छैन”, उनले थपे, “अझ खुकुलो हुने कुराले स्वास्थ्यमा अझ बढी जोखिम रहन्छ । यस्तो बेलामा प्रत्येक नागरिकले आफूलाई कोभिड–१९ विरुद्धको अग्रपङ्क्तिमा रहेको सिपाही भन्ने ठान्नुहोला ।”

नेपालमा अहिलेसम्म कोभिड–१९ को संक्रमण ५६ हजार ७ सय ८८ जनामा देखिएको छ । यस्तै ३ सय ७१ जना संक्रमणबाट निधन भइसकेका छन् ।
केही सञ्चारमाध्यममा कोभिड–१९ को संक्रमण केही होइन भने कुरा आउने गरेकामा असन्तुष्टि व्यक्त गर्दै उहाँले यस्ता कुराले जनतामा भ्रम पैदा गर्नेसमेत बताए । उनले सञ्चालनमा रहेका क्षेत्रका सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि आग्रह गरे ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35EJgrz via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.