Loading...
Loading...
कैदी मृत्यु प्रकरण : कारागार भन्छ, ‘चोटपटक छैन, शंका लागे पोष्टमार्टम गराउँ’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट उपचारका लागि वीर अस्पताल ल्याइएका राजलखन जैसवालको अस्पताल पुग्दा नै मृत्यु भइसकेको वीर अस्पतालले प्रष्ट पारेको छ ।

असोज ३ गते राती उपचारका लागि ल्याइएको उनको आकस्मिक कक्षमा ल्याउँदा नै मृत्यु भएको अस्पतालले बताएको छ । मृत्युपछि कोरोना परीक्षण गराउँदा सोमबार पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको वीर अस्पतालका निर्देश डाक्टर केदार सेन्चुरीले जानकारी दिए ।

तर, मृतकका परिवारले भने जैसवालको हत्या भएको दावी गरेको छ । जैसवालको मृत्युप्रति शंका लागे पोष्टमार्टम गर्न सकिने डा. सेन्चुरीले बताए ।

यता केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले जैसवालमा अचानक श्वासप्रश्वासमा समस्या देखेपछि कारागारभित्र भएको अस्पतालमा लगिएको बताए । त्यहाँबाट वीर लान भनेपछि वीर अस्पताल पठाएको उनले बताए ।

मृतकको शरीरमा कुनै चोटपटक नभएको पनि उनले दावी गरे । शंका लागे सिसिटिभी फुटेज हेर्न सकिने जेलर बास्कोटाको भनाई छ ।

तर मृतकका परिवार र आफन्तले भने उनको हत्या भएको दावी गर्दै वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । उनीहरुले जैसवालमाथि गम्भीर कुटपिट भएको र घाँटी रेटिएको पाइएको भन्दै हत्या नै भएको दावी गरेका छन् ।

वीर अस्पताल परिसरमा भएको प्रदर्शनको विषयमा महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने सुरक्षा दिइरहेको बताए । उनले भने, “मृतकका आफन्तले शव हेर्ने भनेका छन् । परिवार र अस्पतालबीचको विवाद उनीहरुले नै मिलाउँछन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2HvG9s0 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.