Loading...
Loading...
कांग्रेस महाधिवेशन फागुनमा ‘असम्भव’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । पार्टी विधानअनुसार नेपाली कांग्रेसको महाधिवेशन आउने फागुनमा हुनैपर्छ। तर कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन गतिविधि ठप्प भएकाले फागुनमा असम्भव जस्तै छ।

कांग्रेसले त्यसपछि संविधानको व्यवस्थाअनुसार महाधिवेशनका लागि ६ महिनाको सुविधा पाउनेछ। कोरोना संक्रमण कहिलेसम्म रहन्छ भन्ने टुंगो नभएकाले अर्काे वर्ष भदौसम्म पनि महाधिवेशन नहुने जोखिम उत्तिकै छ।

‘अहिलेकै अवस्थामा पार्टी महाधिवेशन फागुनमा त नहुने निश्चित नै भइसक्यो। अर्काे वर्ष भदौमा पनि नहुने जोखिम छ’, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, क्रियाशील सदस्यताको काम भएकै छैन। यसअघि क्रियाशील सदस्य लगेका जिल्लामा पनि आधामा मात्रै सदस्यता गएको छ। एक दर्जन जिल्लामा समायोजनको काम सकिएको छैन। कोरोनाको कहर कहिलेसम्म जान्छ भन्न सक्ने अवस्था छैन।’

कांग्रेसले दोस्रोपटक संशोधन गरेको महाधिवेशन कार्यतालिका पूर्णरूपमा प्रभावित भइसकेको छ। साउनभित्र क्रियाशील सदस्यता वितरण गरेर मंसिरमा सदस्यताको अन्तिम सूची प्रकाशित गर्ने कार्यतालिका रहेकोमा भदौ अन्तिमसम्म पनि सदस्यता वितरण र नवीकरणको काम सुरु हुन सकेको छैन। कांग्रेसमा समायोजन भएका उपसभापति विजयकुमार गच्छदारको पार्टीबाहेक अन्य पार्टी र कांग्रेस प्रवेश गरेका नेतालाई कति क्रियाशील सदस्यता दिनेबारे पार्टीले ठोस निर्णय गरेको छैन।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ijgFeN via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.