Loading...
Loading...
प्रधानमन्त्री ओली सचिवालय बैठकमा मौन : बैठक अवधिभर जम्मा १० शब्द
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि धारणा राखेका छैनन् । उनले बैठकमा उठेका प्रश्नको जवाफ पनि दिएनन् ।

सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले बैठकमा सुरुमा नमस्कार गर्दै भित्र प्रवेश गरेका थिए । त्यस लगत्तै बैठकमा उनले सुरुवातमै आजको बैठक अध्यक्ष कमरेड प्रचण्डले चलाउनु हुन्छ मात्र भने । अन्तिममा सबैलाई धन्यवाद दिए ।

एक सचिवालय सदस्य भन्छन्, ‘प्रधानमन्त्रीजी आजको बैठकमा बोल्नु भएन । उहाँले बैठकको सुरुवातमा आजको बैठक अध्यक्ष कमरेड प्रचण्डले सुरु गर्नुहुन्छ भन्नुभयो । त्योबीचमा केही पनि बोल्नु भएन । अन्तिममा सबैलाई उहाँले धन्यवाद दिनुभयो ।’

प्रधानमन्त्री ओलीले आजको बैठकमा सबैले बोलेको कुरा डायरीमा टिपेका थिए । उपाध्यक्ष गौतमसहितका नेताले आफूसँग सम्बन्धित उठाएका विभिन्न प्रश्नको पनि ओलीले उत्तर दिएनन् । आजको बैठकमा ओली मौन बसे ।

आजको बैठक पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै सञ्चालन गरेका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3485EZJ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.