भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सोको रोकथाम र नियन्त्रणका लागि जोर बिजोर प्रणाली र मास्क लगाउने कार्यलाई अझ कडाइ गर्न आफ्ना मातहतका निकायमा निर्देशन गरेको छ ।
आइतवार राति जारी विज्ञप्तिमा भनिएको छ, ‘यातायातमा जोर विजोर प्रणालीको पालना गर्ने गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने लगायतका निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन समेत पटक पटक निर्देशन र परिपत्रहरु भएका छन् ।’
मन्त्रालयले मापदण्डहरुको पूर्ण पालना गर्ने गराउने कार्यमा आम नागरिकबाट सक्रिय र सकारात्मक सहयोग अपेक्षा पनि गरेको छ ।
त्यसैगरी देशभरका सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुबाट प्राप्त रिपोर्टमा हालसम्म मास्क प्रयोग नगरी हिड्ने करिव ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको विञप्तिमा जनाइएको छ ।
त्यस्तै अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । तोकिएको निर्देशन विपरित हालसम्म सवारी चलाउने करिव १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको छ भने हालको जोर विजोर प्रणाली पश्चात सो प्रणाली विपरित सवारी चलाउने करिव ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ ।
गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिको पूण पाठः–
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kDPU6C via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

