Loading...
Loading...
कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप १० जनाको मृत्यु : मृतकको संख्या २०५ पुग्यो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।

काठमाडौं र भक्तपुरमा कोरोना संक्रमणबाट दुईजनाको ज्यान गएको छ । काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

दुबैजनाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा.रवि शाक्यले जानकारी दिए । काठमाडौंकी महिला साउन ३० गते र भक्तपुरकी महिला भदौ ८ गते अस्पतालमा भर्ना भएका थिए ।

कोरोना भाइरसको संक्रमणबाट चितवन मेडिकल कलेजमा मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । ४९ वर्षीया महिलाको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै चितवन मेडिकल कलेजमै बाराकी ४७ वर्षीया महिलाको पनि मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्जमा थप तीनजनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा, ४३ वर्षीय पुरुष र ३७ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयरमा उपचारका क्रमा मृत्यु भएको जानकारी दिए ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाका ८४ वर्षीय वृद्धको मृत्यु भएको छ । भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएका ती वृद्धको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

पाल्पामा पनि एक महिलाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररत तानसेनकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । सुरुमा मुटुको समस्या भएको भन्दै उनी अस्पताल पुगेकी थिइन् ।

कास्कीको पोखरामा पनि थप एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ५८ वर्षीय पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2EteQO0 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.