Loading...
Loading...
‘कांग्रेसमा सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्छ’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौ‌ं । नेपाली कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताएकी छिन् ।

सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली कांग्रेसको पुनःजागरण अभियानः वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का का‌ंग्रेस नेतासँग गरेको भर्चुअल अन्तक्र्रियामा उनले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा कांग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताएकी हुन् । ‘गुटउपगुटको अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म काँग्रेस बलियो हुन सक्दैन’, उनले भनिन् ।

कोषाध्यक्ष यादवले पार्टीबाट निर्माण गरिएको विधान पालना नहुँदा कांग्रेस झन् कमजोर हुँदै गएको उल्लेख गरिन् । क्रियाशील सदस्यता वितरणमा अनियमितता हुँदा पार्टी झन् धरासयी बन्दै गएको उनको भनाइ थियो । कोषाध्यक्ष यादवले जागरुक भएर सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिइन् ।

केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र सङ्घर्ष, योगदान र जेलनेल भोगेका व्यक्ति पाखा लगाउँदै जाँदा कांग्रेस कमजोर हुँदै गएको बताए । ‘जेल गएका व्यक्ति, शहीद परिवार, सङ्घर्ष, योगदान गरेका व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बनाएर नल्याएसम्म काँग्रेस बलियो हुँदैन’, उनले भने ।

प्रदेश सरकारले थारू समुदायलाई मन्त्रिमण्डलमा समावेश गर्न नसक्नु दुःखद कुरा भएको उनको भनाइ थियो । केन्द्रीय सदस्य रामकृष्ण यादवले पार्टीभित्र दुःख गरेका व्यक्तिलाई बाइपास गर्दा तराईमा काँग्रेस कमजोर हुँदै गएको बताए । ‘हरेक राजनीतिक आन्दोलनको नेतृत्व र संविधान निर्माणको नेतृत्व गरेको कांग्रेस निर्वाचनमा किन हार्‍यो, यसको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको छ’, उनले भने ।

केन्द्रीय सदस्य किरण यादवले कांग्रेस नेतृत्वले तराईलाई राम्रोसँग बुझ्न नसकेका कारण कांग्रेसले तराईमा निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरे । कांग्रेसभित्र क्रियाशील नभएका व्यक्तिलाई विभागमा राख्दा पार्टी झन् कमजोर हुँदै गएको उनको भनाइ थियो ।

पूर्वसांसद तेजुलाल चौधरीले आन्तरिक लोकतन्त्रलाई बलियो नबनाएसम्म कांग्रेस बलियो हुन नसक्ने बताए । केन्द्रका अध्यक्ष डा कमल रिजालले कांग्रेसलाई बलियो लोकतान्त्रिक पार्टी निर्माणका लागि केन्द्रले देशभर यस्ता किसिमका विचार, विमर्श र बहस चलाउँदै लैजाने बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34QW7GV via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.