भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिमा परेकाको उद्दार र राहतमा जुट्न आव्हान गरेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएको विवाद आन्तरिक मामिला भएकाले प्राकृतिक विपत्तिमा परेकाहरुको उद्दार तथा राहतमा जुट्न आव्हान गरेका हुन् ।
अहिले भइरहेका राजनीतिक विषय र सन्दर्भमा जनताको ध्यान तानिएको भन्दै सम्बन्धि राजनीतिक दल र नेताहरुले त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व भएको उनले उल्लेख गरेका छन् । उनले भने, ‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो ।’
प्रधानमन्त्री ओलीले अहिले राजनीतिक प्रणालीका विषयमा चिन्ता व्यक्त गरेको कुराको स्मरण गर्दै आफ्नो ध्यान स्थीरताका पक्षमा भएको उनले बताए । उनले भने, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।’
सरकारले कोरोना महामारी नियन्त्रण गर्न र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा काम गरिरहेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2W9UpLs via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

