Loading...
Loading...
पार्टीको निर्णयका आधारमा नै नेपालको नयाँ नक्सा जारी भएको छः अध्यक्ष दाहाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा जारी गरेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उनले पार्टीले गरेको निर्णयलाई सरकारले कार्यान्वयन गर्दा असाध्यै राम्रो सन्देश गएको बताए ।

उनले भने, “जब राष्ट्रियताको कुरा आयो । हिन्दूस्तानले नेपाली भूमि समेटेर नक्सा निकाल्यो । कार्यकारी अध्यक्षका रुपमा स्थायी कमिटीको बैठकले तुरुन्तै नक्सा बनाउने निर्णय गरेको हो ।” पार्टीले गरेको निर्णयका आधारमा सरकारले काम गर्दा सकारात्मक नजिता देखिएको तथ्य पेश गर्दै उनले सामूहिक निर्णय नहुँदा कतिपय विषय धेरै विवादित हुन पुगेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, “माघमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि नक्सा छिटो प्रकाशन गर्ने कुरा उठेको थियो । अन्तिमसम्म पनि नक्सा नआउने देखेपछि सरकारको नीति कार्यक्रम सार्वजनिक गर्ने दिन बिहान सचिवालयले निर्णय गर्‍यो र हामीले बैठकबाट पारित गरेको कुरा नीति कार्यक्रममा समेटियो ।” पछिल्ला दिनमा पार्टीभित्र विचारलाई प्राथमिकतामा राख्ने कि पावरलाई ? भन्ने जस्ता विषय बहसका रुपमा आएको उनको भनाइ थियो । “हुँदाहुँदा अहिले हाम्रो पार्टीमा बैठक बस्नै कठिन हुने अवस्था आउन थाल्यो । बैठक बसिसकेपछि त्यसको गरिमालाई कायम राख्ने कि नराख्ने भन्ने अवस्था पनि आयो”, उनले भने, “बैठकका निर्णय सरकारले पालना गर्ने कि नगर्ने ?”

उनले पार्टी भनेको विवेक र सरकार भनेको सत्ता रहेको उल्लेख गर्दै भने, “विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ । सत्ताले पार्टीमाथि हैकम चलाउने काम गर्‍यो भने त्यो गैर वैज्ञानिक हो । दुई वर्ष हेर्‍यौँ भने सरकारले पार्टी चलाउने काम भएको हो कि भन्ने देखिन्छ ।”

अध्यक्ष दाहालले पार्टीभित्रको विवाद बाहिर पदका निम्ति पो हो कि भन्ने देखिएको भए सच्याउनुपर्ने बताए । उनले भने, “समाजवादी अर्थतन्त्र कस्तो हुने, समाजवादी राजनीतिक कस्तो हुने भन्ने बहस हो । यो यही नै बहस हो भनेर आम कार्यकर्तामा लैजान सक्नुपर्दथ्यो त्यो सकिएको छैन ।”

उनले भने, “हामी कुनै पनि स्थितिमा पार्टीलाई विभाजनबाट रोक्न अन्तिमसम्म प्रयास गरिरहेका छौँ । पार्टीलाई एकताबद्ध राखिनेछ । यो बहसको निष्कर्ष पार्टीमा विचार पनि स्पष्ट भएर आउने र विधि पनि स्पष्टरूपमा पालना गर्ने हिसाबले अघि बढ्नेछ ।”

आन्तरिक बहसबाट अझ खारिएको र एकताबद्ध पार्टीको विकास हुने विश्वास व्यक्त गर्दै उनले हामी सबैले एकताका निम्ति सही र सचेत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले पार्टीले सामूहिकरुपमा गरेको निर्णयको श्रेय व्यक्तिले खल्तीमा हाल्ने कुरा भयो भने त्यो राम्रो नहुने भन्दै सामूहिक प्रयासको प्रतिफललाई पनि सोहीअनुसार संस्थागत गर्नुपर्ने बताए ।

पार्टी भनेको सामूहिक सोच र विवेकमा चल्ने निकाय भएकाले पछिल्ला दिनमा भए गरेका गतिविधिले त्यसलाई बल पुर्‍यायो कि पुर्‍याएन भन्ने विषय महत्वपूर्ण रहेको बताए । पार्टीभित्र देखिएको समस्याको समाधान गर्ने कसरी भनेर छलफल गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले पार्टीलाई विधि र विचारमा चल्ने अवस्था सिर्जना गरिने उल्लेख गरे ।

“पार्टी भनेको विचार र विधि हो । कुनै एकले मात्रै पार्टी बन्दैन । विचार र विधिको वैज्ञानिक संयोजन नै पार्टी जीवनको आधार हो”, उनले भने ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32OA5U5 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.