Loading...
Loading...
नेकपा सचिवालय बैठकको निर्णय : फेरि स्थायी कमिटी बैठक स्थगित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक संकटलाई समाधान दिन सकेन ।  साँझसम्म भएको बैठकले पनि कुनै ठोस निर्णय लिन सकेन ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल जारी रहेको र कुनै निर्णयमा नपुगेको जानकारी दिए ।

पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको उनले जानकारी दिए । उनले भने, ‘समस्या र संकटलाई निकास दिएर पार्टीको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी अगाडि बढेका छौं ।’

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आन्तरिक रुपमा छलफल गर्दै प्रस्तावहरु ल्याएर आगामी बैठकमा छलफल हुने उनले बताए ।

आइतबार दिनको ३ बजेसम्मका लागि स्थगित स्थायी कमिटीको बैठक तत्कालका लागि स्थगित गर्ने निर्णय भएको छ ।

पार्टीभित्र देखिएका समस्या सचिवालय बैठकबाट नै निकास दिने प्रयास स्वरुप स्थायी कमिटी बैठक स्थगित भएको बताइएको छ ।

पार्टी अध्यक्षद्वयले गृहकार्य गर्दै आएको र सचिवालयले पनि थप गृहकार्य गर्दै पार्टी एकताको रक्षा गर्ने र जनादेशको सम्मान गर्दै अघि बढ्नेबारेमा छलफल भएको उनले बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZFBASn via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.