Loading...
Loading...
नेकपा सचिवालयकाे बैठक सम्पन्न, एमसीसी प्रतिवेदन बारे प्रारम्भिक छलफल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहीबेर अघि सकिएकाे छ । आजकाे बैठकमा एमसीसी अध्ययन कार्यदलले बुझाएकाे प्रतिवेदनमा प्रारम्भिक छलफल भएकाे नेकपाका एक नेताले बताए ।

केही प्रावधान परिमार्जन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन एमसीसी अध्ययन कार्यदलले पार्टीमा बुझाएको थियो । आजकाे बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बसेकाे थियाे ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण बैठकमा सहभागी नभएका हुन् । अध्यक्षद्वयकै सहमतिमा ओली बैठकमा नगएका बताइएकाे छ । सचिवालय बैठकको सुरुवातमा एमसिसीका बारेमा स्थायी कमिटी सदस्यसमेत रहेका कार्यदल सदस्य भीम रावल, अर्का सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र एमसिसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टसँग छलफल गरिएको थियो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cTGBuS via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.