Loading...
Loading...
सातवटै प्रदेशमा नेफ्रोलोजी र युरोलोजी स्थापना गरिने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सरकारले स्वास्थ्य सेवाको गुणस्तरमापन गर्नका लागि प्राधिकरण स्थापना गर्ने भएको छ । संघीय संसद्को दुवै सदनमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवाको गुणस्तरमापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिने उल्लेख गरेकी छन् ।

औषधि, औजार तथा उपरकणसमेतको गुणस्तरीय मापन तथा नियमन गर्न खाद्य तथा औषधि प्रतिष्ठान स्थापना गर्नेसमेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी, सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आगामी आर्थिक वर्षमा नेफ्रोलोजी तथा युरोलोजी केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । सरकारले नेफ्रोलोजी र युरोलोजी सेवालाई सबै प्रदेशमा विस्तार गरी लैजाने सरकारले लक्ष्य राखेको छ ।

यस्तै, कान्तिबाल अस्पताललाई बालरोगका विभिन्न विधामा उच्चशिक्षाको अध्ययन गर्न उत्कृष्ट केन्द्रका रुपमा विकास र मनमोहन कार्डियोथेरापी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गङ्गालाल राष्ट्रिय हृदयकेन्द्रमा बालमुटु रोगको पहिचान परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवालाई थप विशिष्टकृत गर्दै लैजाने समेत सरकारको लक्ष्य रहेको छ । सबै मेडिकल कलेजले जिल्लास्थित एक अस्पतालमा शल्यचिकित्सासहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्यसंस्थाले महिनाको एक पटक एक दिन सेटेलाइट क्लिनिकल सञ्चालन गर्नुेपर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

छाता ऐन तर्जुमा गरिने
यसैगरी केन्द्रीय अस्पतालले तोकिएको स्थानमा नियमितरुपमा सेटेलाइट अस्पताल सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइने छ । सबै अस्पतालबाट विपद् वा महामारीका बेलामा सम्भव भएसम्म अधिकतम स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने प्रवन्ध मिलाइने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

सरकारले रोगको रोगथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज् कन्ट्रोल स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धानक केन्द्र र अस्पताललाई थप मितव्ययि, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गरिने उल्लेख गरिएको छ ।

हेल्थ डेक्स तथा क्वारेन्टाइन निर्माण
अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्टिय सीमाका प्रमुख नाकामा आधुनिक हेल्थ डेक्स तथा क्वारेन्टाइन गृह स्थापना गरिने छ ।

तीन वर्षभित्रमा सबैको स्वास्थ्य बीमा
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ सय ७१ स्थानीय तहका २७ लाख बढी नागरिकलाई स्वास्थ्य बीमा गरिएको उल्लेख गर्दै नीति तथा कार्यक्रममा आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

यसैगरी, वीरेन्द्र सैनिक अस्पताललाई आपत्कालीन अवस्थामा घाइते बिरामीको सबै प्रकारको स्वास्थ्य उपचार गर्ने सक्नेगरी स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा छ ।

सबै वडामा व्यायामशाला र योग केन्द्र स्थापना
आमनागरिकलाई योगाभ्यास, शारीरिक व्यायामसहितको जीवन पद्धति अपनाउन पे्ररित गर्नका लागि स्थानीय तहका वडामा व्यायमशाला, आरोग्य र योग केन्द्र स्थापना गर्न प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dQW9zK via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.