Loading...
Loading...
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतवार राति अबेर राष्ट्रपति शितल निवासमा भेटवार्ता भएको छ । पार्टी सचिवालयका बहुसंख्यक सदस्यहरुले सचिवालय बैठकको माग गरिरहेको सन्दर्भमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेको अड्कल गरिएको छ ।

यसअघि पनि पार्टीका बहसबारे राष्ट्रपतिले नेकपाका दुबै अध्यक्षहरु (केपी शर्मा ओली र प्रचण्ड)लाई आवश्यक सुझाव दिने चर्चा चल्ने गरेको थियो । नेकपाका बहुसंख्यक स्थायी समिति सदस्यहरुले बैठकको माग गर्दै हस्ताक्षर संकलन गरी सकेका छन् ।

कोरोना भाइरसको महामारीमा बैशाख ८ गते ल्याएको राजनीतिक दल विभाजन र संवैधानिक परिषद सम्बन्धी अध्यादेशका कारण प्रधानमन्त्री र राष्ट्रपति दुबैको चर्को विरोध भएपछि उक्त अध्यादेश चारदिन पछि फिर्ता भएको थियो ।

अध्यादेशलाई लिएर दुबैको व्यापक आलोचना भएपछि आगामी परिस्थितिमा आफूहरुलाई कसरी लैजाने भन्ने बिषयमा छलफल भएको हुनसक्ने नेकपा स्रोतले बताएको छ । अध्यादेश रातारात जारी गर्ने र खारेज गर्ने बिषयलाई लिएर नेकपामा प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने चर्चा पनि चल्न थालेको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2xbxwOp via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.