लकडाउन लम्ब्याउने तयारी, निर्णय गर्न मंगलबार मन्त्रिपरिषद् बैठक
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक सतर्कताका लागि थप निर्णय गर्न मंगलबार विहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा तीन सातादेखि जारी लकडाउन कम्तिमा एक साता लम्ब्याउने लगायतका निर्णय हुने बुझिएको छ ।
नेपालमा दोस्रा संक्रमित देखिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।
लकडाउन जारी भएयता नै नेपालमा अरु १२ जनामा कोरोनाको संक्रमण देखिएर संक्रमितको संख्या १४ पुगेपछि सरकारले अझ कडिकडाउसहितका निर्णय गर्ने बुझिएको छ ।
सातामा एक दिन सोमबार बस्दै आएको मन्त्रिपरिषद्को आज बस्ने भनिएको बैठक विपद् व्यवस्थापन समितिको बैठकका कारण मंगलबारलाई धकेलिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2VnUo5v via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

