Loading...
Loading...
‘लकडाउन’का कारण ऋतिकको घरमा बस्न आईन पूर्वपत्नी सुजैन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१२ चैत, काठमाडौं । ऋतिक रोशन र सुजैन खानको सम्बन्ध बिच्छेद भएको धेरै समय भयो तर यि दुईको मित्रता कहिल्यै अन्त्य भएन । ऋतिक र सुजैन दुवैले एक अर्काको लागि सँधै अडान लिइरहेका छन् । उनिहरु प्रायः आफ्ना बच्चाहरूको लागि सँगै देखिन्छन् । यस पटक पनि बच्चाको लागि फेरि एक साथ आएका छन् । ऋतिक रोशन र सुजैन खान २१ दिनको लकडाउनमा सँगै हुनेछन् ।

ऋतिकले पूर्वपत्नी सुजैनको प्रशंसा गर्दै उनको फोटो सहित सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट शेयर गरेका छन् । यस पोष्टमा सुजैन आफ्ना बच्चाहरूको लागि केहि समयको लागि घर फर्किएको बताएका छन् । यो कठिन समयमा आफ्ना बच्चाहरुलाई आफ्ना आमा बाबुबाट टाढा नहुन भनेर सुजैन घर आएको उनले बताएका छन् ।

‘देश लकडाउनको समयमा रहेको बेला आमाबुवा आफ्ना बच्चाबच्चीसँग बस्नु अकल्पनीय हो,’ उनले सुजनको एक तस्बिर राख्दै लेखेका छन्, ‘बच्चाहरु आफ्ना बाआमासँग समान हिसाबले बस्न पाउनुपर्छ, सुजनले अस्थायी रुपमा घरबाहिर आउने निर्णय गरिन् ताकी बच्चाहरुले आफ्ना बुवाआमासँग सँगै समय बिताउन् पाउन् । यो सुजनको एक प्यारो तस्बिर हो ।’

उनले अगाडि लेखेका छन्, ‘यतिधेरै सहयोगी र समझदारी देखाएकोमा सुजैनलाई धेरै धन्यवाद । हाम्रा बच्चाहरुले त्यो कहानी बनाउनेछन्, जुन हामीले बनाउँछौँ । आफ्ना आफन्त र प्रियजनको स्वास्थ्यको लागि हामी सबै खुसी, सुखी र आफसमा प्रेमिल वातावरण बनाइराखौँ ।

The post ‘लकडाउन’का कारण ऋतिकको घरमा बस्न आईन पूर्वपत्नी सुजैन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/2JeKhtX
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.