Loading...
Loading...
पाँच देशका लागि अनअराइभल भिसा बन्दः श्रम स्विकृति पनि स्थगित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित गरिएको छ ।

सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको सन्दर्भमा सो निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ठूलो संख्यामा नेपाली रोजगारका लागि मध्यपूर्वका मुलुक जाने गरेका छन् ।

चीनको ऊहानबाट फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै आइतबार मात्र ३० नेपालीलाई बहराइनले अध्यागमनबाट प्रवेशमा रोक लगाएको थियो । यस सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कामका लागि होस् या अध्ययनका लागि नजान सार्वजनिक अह्वान गरेका थिए ।

सरकारले दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार तत्काल नपठाउने निर्णय गरेको थियो । यसअघि अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई एनओसी ९नो अब्जेक्सन लेटर० दिन रोक लगाइएको थियो ।

त्यसैगरी शुक्रबारदेखि लागू हुने गरी पाँच देशका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय पनि गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो ।

यो खबर आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/3awgIzT via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.