भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

४ चैत, एजेन्सी । मुम्बईमा एक २८ वर्षीय कास्टिङ डाइरेक्टरले अभिनेत्रीको व्यक्तिगत फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरुमा २७ वर्षीया अभिनेत्री आफ्नो ब्वाइफ्रेन्डसँग थिइन् । आरोपित युवकको नाम महावीर उर्फ नकुल भनिएको भारतीय मिडिया पिटीआईले लेखेको छ ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीका अनुसार पीडित भनिएकी अभिनेत्रीको ब्वाइफ्रेन्ड पनि कास्टिङ डाइरेक्टर हुन् । केही समयअघि पीडित महिलालाई महावीरले एक सिरियलको लागि तीन लाख रुपैयाँ दिएका थिए । तर पछि सिरियलको काम शुरु नभएपछि महावीरले उक्त रकम फिर्ता मागे र पीडित युवतीको ब्वाइफ्रेन्डको मोबाइल थुते ।

अभिनेत्रीले प्रहरीसँग आफ्ना तस्बिरहरु सार्वजनिक गरेको कुरा बताएकी थिइन् । प्रहरीले घटनालाई गम्भीरताका साथ अनुसन्धान गर्नको लागि आरोपी महावीर उर्फ नकुललाई पक्राउ गरेको हो । उनीविरुद्ध आईटी ऐनको धाराअनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
स्मरण रहोस्, २०२० को शुरुवातमा नै प्रहरीले तीनवटा यौनअपराध सम्बन्धी घटनाको भण्डाफोर गरिसकेको छ, जुन सबै बलिउडसँग सम्बन्धित छ । केही समयअघि पनि प्रहरीले एक कास्टिङ डाइरेक्टरलाई यौनअपराधकै आरोपमा पक्राउ गरेको थियो ।
The post अभिनेत्रीको व्यक्तिगत तस्बिर सामाजिक सञ्जालमा लिक, निर्देशक पक्राउ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3b5OWdN
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

