भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई खबरदारी गरेका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि कांग्रेसले विरोध गरेको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन तयारी गर्न नहुने बताएका हुन्।
उनले लेखेका छन्, ‘मधेसले माग्यो, संविधान संशोधन। भनियो-हुन्नl जनजातिले मागे हुन्न भनियोl दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो,’ शर्माले भनेका छन्, ‘तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर राष्ट्रिय विमर्शविना यो के तमासाको तयारी कमरेडहरु ?’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/38TxBUF via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

