भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा बिहीबार दिउँसो प्रधानमनत्रीसमक्ष राजीनामा दिए ।
राजीनामासँगै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । बुधबार अबेर राति उक्त अडियो सार्वजनिक भएसँगै बिहीबार बिहानैदेखि बाँस्कोटामाथि राजीनामा दिनुपर्ने दबाब बढिरहेको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री ओलीबीच बिहान भएको छलफलमा पनि प्रचण्डले राजीनामा गराउन सुझाएका थिए । त्यसैबीच बुधबार बाँके गएका बाँस्कोटा बिहीबार दिउँसो धनगढीबाट काठमाडौं फर्किएका हुन् ।

उनीसँगै धनगढीबाट फर्कने प्लेनमा गायक प्रमोद खरेल पनि थिए । बाँस्कोटाका राजीनामा आएपछि गायक प्रमोद खरेलले एक ट्वीट गरेका छन् । उनले ट्वीटरमा आफू भर्खर कोटेश्वर आइपुग्दा मन्त्रीको राजीनामा आइसक्दा अचम्म मानेका थिए । उनले ट्वीटमा लेखेका छन्, ‘सँगै एउटै विमान बाट वल्लो पल्लो सिट धनगढी बाट काठमांडू आइयो । म कोटेश्वर पुग्दैछु। उहॉले राजिनामा ठोकिसक्नु भएछ। कति Fast हौ जे मा पनि !’
सँगै एउटै विमान बाट वल्लो पल्लो सिट धनगढी बाट काठमांडू आइयो। म कोटेश्वर पुग्दैछु। उहॉले राजिनामा ठोकिसक्नु भएछ। कति fast हौ जे मा पनि !
— Pramod Kharel (@kharel777) February 20, 2020
The post ‘धनगढीबाट वल्लो–पल्लो सिटमा बसेर काठमाडौं आइयो’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2HCgKK3
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

