Loading...
Loading...
फेरि ३० लाखमा बिक्यो ‘प्रेमगीत ३’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

७ फागुन, काठमाडौं । यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘प्रेमगीत ३’ को यूरोप प्रदर्शन अधिकार बिक्री भएको छ । केही समय अघि क्यानडा, मेक्सिको र अमेरिकाको प्रदर्शन अधिकार बिक्री भएको चलचित्रको अहिले युरोप प्रदर्शन अधिकार बिक्री भएको हो ।

इनास चलचित्र प्रबर्द्धन समितिका ग्लोबल संयोजक मनिष श्रेष्ठले यूके र यूरोपका आठ देशका लागि २३ हजार ५ सय यूरो (नेपाली ३० लाख) मा चलचित्रको राइट्स खरिद गरेका हुन् । मंगलवार चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन र मनिष श्रेष्ठबीच कागजी सम्झौता भएको छ ।

केही समयअघि मात्र चलचित्रको क्यानडा, मेक्सिको र अमेरिका प्रदर्शन अधिकार ५१ लाखभन्दा बढी मूल्यमा चलचित्र विक्री भएको थियो । योसँगै चलचित्रले नेपाल प्रदर्शनभन्दा अगाडि नै विदेश राइट्सबाट ८१ लाखभन्दा बढी कमाई गरेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको प्रेमकथामा निर्मित चलचित्र ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङ प्रमुख भूमिकामा छन् । यी दुईसँगै चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्र नेपाली नयाँ वर्षको अवसर पारेर आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । क्रिस्टिनाले यही चलचित्रबाट डेब्यू गर्न लागेकी हुन् ।

The post फेरि ३० लाखमा बिक्यो ‘प्रेमगीत ३’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/37FogOI
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.