Loading...
Loading...
युद्धमा मारिएका मध्ये ५ हजारको जिम्मा लिन्छु : प्रचण्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका छन् ।

बुधवार राजधानीमा आयोजित मागी महोत्सवमा प्रचण्डले आफूमाथि १७ हजार मान्छे मारेर आएको आरोप लाग्ने गरेको भन्दै त्यसको खण्डन गरे ।

‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको भन्ने गरिन्छ साथीहरु यो सत्य होइन’ प्रचण्डले भने,‘ हिजोका सामन्त राजाहरुले १२ हजार मारेका हुन् । मलाई ५ हजारको म जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन ।’

हिजोको युद्धमा भएका राम्रा नराम्रा कामको जिम्मेवारी आफूले लिने प्रचण्डको भनाइ थियो ।

‘मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा कामका जिम्मेवारी म लिन्छु । म त्यसबाट भाग्ने कुरा हुनै सक्दैन । तर नगरेको कामाको दोष पनि मलाई थुपार्नु भएन’ प्रचण्डले भने ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/384pFiq via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.