भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

६ माघ, काठमाडौं । चर्चित गायक प्रमोद खरेलले गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच बुधबार त्रिभुवन विमानस्थलमा भएको विवादबारे आफ्नो प्रतिक्रिया दिएका छन् । झापाको भद्रपुर हुँदै दार्जिलिङ हिँडेकी आस्थालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान श्रेष्ठले चेकजाँचका क्रममा ज्याकेट फुकाल्न लगाएको कुरा सामाजिक सञ्जाल तातेपछि प्रमोदले सोमबार फेसबुकमार्फत आस्था राउतलाई सुझावसहितको प्रतिक्रिया दिएका हुन् । प्रमोदले आफ्नो फेसबुकमा लेखेकी छन्–
प्रसंग
गायक गायिका को विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले । केहि दिन देखि चर्चा मा रहेको आस्था राउत प्रकरण मा सकारात्मक वा नकारात्मक (समर्थन वा आलोचना) कुनै पनि टिप्पणी गर्ने गायक गायिका को संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।
अब विषय तिर लागौँ आस्थाप्रकरण
गएको केहि दिन बाट सामाजिक सन्जालमा भाइरल यो प्रकरण ले आश्था राउत लाइ पक्रने आदेश दिएको छ। जहॉ सम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु हरु नै हुन। जुन आफैमा केहि अस्वाभाविक र कलाकार लाइ असुहाउदा नै छन, र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरी का लागि निश्चय नै आपत्तिजनक हुन दुइमत छैन। जुन बारे स्वयम् आश्था ले नै स्विकार गरी माफ़ी मागीसकेकी छिन। तर माफ़ी ले नपुगेरै होला प्रहरी ले अनुसन्धान का निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरी लाइ सहयोग गर्ने बताइसकेकी छिन। सिसिटिभी फ़ुटेज मा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहॉ दुवैको दोष हुन सक्छ, प्रहरी को चेकिंग मा सहयोग नगर्ने आश्था को कमजोरी हो दुइ मत छैन, तर प्रहरी ले पनि आस्था सँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ , उनि बिनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर डुयटि ले थकान भएर प्रहरी ले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्ति को प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।
तर….
आम नागरिक को प्रहरी प्रति को विश्वस्वनियता , नागरिक प्रति प्रहरी को हातेमालो, अझ विगत देखि नै कलाकार लाइ प्रहरी ले र प्रहरी लाइ कलाकार ले गर्ने व्यवहार पवित्र छ। एकाध व्यक्तिगत घटना लाइ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जाल मा कलाकार र प्रहरी का पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फ़ायदा गर्दैन।

आस्था यस घटना बाट विक्षिप्त पक्कै छिन, आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान । वा सामान्य पुछताछ पछि घटना सकिएला । र आश्था ले सार्वजनिक रुपमा माफि माग्दै घटना को द इन्ड गर्लिन। अब आश्था लाइ थप मानसिक कमजोर बनाउनु को सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरी ले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरी लाइ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समय मा नै आस्था र प्रहरी जवान रमिता को हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जाल मा देख्न पाइयोस, ।
घन्यवाद
झापाको भद्रपुर हुँदै दार्जिलिङ जान हिँडेकी आस्थालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान श्रेष्ठले चेकजाँचका क्रममा ज्याकेट फुकाल्न लगाएको कुरा सामाजिक सञ्जाल तातेको थियो । प्रहरी जवानले आफूलाई दुर्व्यवहार गरेको जिकिरसहित आस्थाले बुधबारै फेसबुकमा लाइभ आएर सिंगो प्रहरी संगठनमाथि नै जथाभावी गाली गरेकी थिइन् । प्रहरीका ठूला हाकिमले मात्रै आफूलाई सम्मान गरेको जिकिर गर्दै सानाले हेपेको गुनासो उनको थियो ।
आस्थाले प्रहरीका सिपाहीं र हवल्दारलाई डन्ठे र प्युसाको संज्ञा दिएपछि विवाद चर्किएको थियो । तल्लोतहको शब्दकोसमेत प्रयोग गरेर प्रहरी संगठनमाथि नै आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि आस्था विवादमा तानिएकी थिइन् । प्रहरीले शुक्रवार विमानस्थलको सीसीटिभी फुटेज सार्वजनिक गरिदिएपछि गायिका राउत रुँदै फेसबुक लाइभमा आएकी थिइन् । उनले फेसबुक लाइभमार्फत माफी माग्दै आफूले मनमा कुरा लुकाउन नसकेको बताएकी थिइन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2v9w6Tr
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

