भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

४ माघ, काठमाडौं । चर्चित गायक राजेश पायल राईले गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच बुधबार त्रिभुवन विमानस्थलमा भएको विवादबारे आफ्नो प्रतिक्रिया दिएका छन् । झापाको भद्रपुर हुँदै दार्जिलिङ हिँडेकी आस्थालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान श्रेष्ठले चेकजाँचका क्रममा ज्याकेट फुकाल्न लगाएको कुरा सामाजिक सञ्जाल तातेपछि राजेशले शनिबार फेसबुकमार्फत आस्था राउतलाई सुझावसहितको प्रतिक्रिया दिएका हुन् ।
राजेशपायलले सामाजिक सञ्जाल फेसबुकमार्फत आस्थालाई अब ठूली भइसकेकाले धेरै रुन्ची नबन्न सुझाव दिएका छन् । राजेशपायलले बलिउड सुपरस्टार शाहरुख खानमाथि भएको सुरक्षा जाँचबारे पनि सम्झाएका छन् । ‘एयपोर्टमा शाहरुख खानलाई त झन् कट्टुमै चेक गरिएको थियो, त्यो उसको अधिकार ह’, उनले भनेका छन्, ‘अब रह्यो पुलिसले कस्तो ब्यवहार गर्यो ? चेकिङमा कफी, पानी लान पाइँदैन, अरु त अरु वालेट (मनी ब्याग) पनि पाइँदैन ।’
आस्थालाई राम्री गायिकाको संज्ञा दिँदै राजेशपायलले अझ एक रियालिटी शो को कोच भएको नभुल्न पनि उनले आग्रह गरेका छन् । ‘उनी बैनी हुन्, राम्री गायिका हुन्, अझ एक रियलिटी शो द भ्वाइसकी कोच पनि हुन्’, उनले अगाडि भनेका छन्, ‘आफ्नो इज्जत ठाउँमा राख्नु पर्छ । माया लिनेले घृणा पनि सहनु सक्नुपर्छ । तब न हामी कलाकार, उसै त हामी नाथे कलकार । धेरै रुन्ची नबन अब तिमी ठूली भइ सक्यौ ।’ राजेशपायलले आस्थासँगै प्रहरी पनि सुध्रिन जरुरी रहेको बताएका छन् । उनले भने, ‘आस्था र एयरपोर्टमा खटिएका कर्मचारी दुवै सुध्रिन आवश्यक छ ।’

झापाको भद्रपुर हुँदै दार्जिलिङ जान हिँडेकी आस्थालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान श्रेष्ठले चेकजाँचका क्रममा ज्याकेट फुकाल्न लगाएको कुरा सामाजिक सञ्जाल तातेको थियो । प्रहरी जवानले आफूलाई दुर्व्यवहार गरेको जिकिरसहित आस्थाले बुधबारै फेसबुकमा लाइभ आएर सिंगो प्रहरी संगठनमाथि नै जथाभावी गाली गरेकी थिइन् । प्रहरीका ठूला हाकिमले मात्रै आफूलाई सम्मान गरेको जिकिर गर्दै सानाले हेपेको गुनासो उनको थियो ।
आस्थाले प्रहरीका सिपाहीं र हवल्दारलाई डन्ठे र प्युसाको संज्ञा दिएपछि विवाद चर्किएको थियो । तल्लोतहको शब्दकोसमेत प्रयोग गरेर प्रहरी संगठनमाथि नै आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि आस्था विवादमा तानिएकी थिइन् । प्रहरीले शुक्रवार विमानस्थलको सीसीटिभी फुटेज सार्वजनिक गरिदिएपछि गायिका राउत रुँदै फेसबुक लाइभमा आएकी थिइन् । उनले फेसबुक लाइभमार्फत माफी माग्दै आफूले मनमा कुरा लुकाउन नसकेको बताएकी थिइन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2RGQiDN
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

