Loading...
Loading...
लागुऔषधसहित ८ जना पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, लहान– २ का २५ वर्षीय लक्ष्मेश्वर महतो र २६ वर्षीय धनिकलाल महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम ९० मिलिग्राम र गाँजा १० ग्राम ६७० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । यस्तै सिरहाको भगवानपुर गाउँपालिका– ५ इनर्वाबाट प्रहरीचौकी ठाडीको टोलीले लागुऔषधसहित लहान– ५ का २० वर्षीय मोहम्मद समीरलाई पक्राउ गरेको छ । पक्राउ परेका समीरको साथबाट लागुऔषध फेनारगन सात एम्पुल, डाजिल्याब सात एम्पुल, नामलेबल नभएको सात एम्पुल बरामद् गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले सिरहा–१६ खिरौनाबाट प्रतिबन्धित लागुऔषधसहित सिरहा–२ का १९ वर्षीय रामभरोसी मुखिया र कल्याणपुर नगरपालिका– २ का १८ वर्षीय अजितकुमार मुखियालाई पक्राउ गरेको छ ।

भारततिरबाट आउँदै गरेका दुवै जनालाई शङ्का लागेर जाँच गर्दा लागुऔषध नाइट्रोभेट २५ ट्याबलेट, नर्फिन एक एम्पुल, फेनारगन एक एम्पुल, डाइजेपाम एक एम्पुल र एमिल एक बरामद गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यसैबीच कुटपिट मुद्दामा जिल्ला अदालतबाट दुई महिना नौ दिन कैद र रु पाँच हजार जरीवानाको सजाय पाएर फरार औरही गाउँपालिका– २ का ५० वर्षीय गङ्गा यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ । जिल्ला अदालतले कुटपिट मुद्दामा २०७१ असोज २ गते कैद र जरिवानाको सजाय सुनाए लगत्तै फरार यादवलाई घर वतनमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Rp4AJ1 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.