भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

५ माघ, एजेन्सी । बिगबोस १३ मा वाइल्ड कार्ड प्रतिस्पर्धीको रुपमा प्रवेश गरेकी नायिका मधुरिमा तुलीको यात्रा सकिएको छ ।
पूर्व ब्वाइफ्रेन्ड विशाल आदित्य सिंहलाई एग्रेसनको साथ फ्राई प्यानले पिटेपछि सलमान खानले उनलाई बाहिर निकालेकी थिइन् । शो भन्दा बाहिर भारतीय मिडियालाई दिइएको अन्तर्वार्तामा मुधरिमाले आफ्नो कन्ट्रोभर्सी, खेल र प्रतिस्पर्धीहरुको बारेमा नयाँ खुलासा गरेकी छन् ।

उनका अनुसार सिद्धार्थ शुक्ला, असीम रियाज, र शनाज गिलमध्ये कुनै एकले बिगबोस १३ को उपाधि हासिल गर्ने अनुमान लगाएकी छन् । अन्तर्वार्तामा उनले विशालसँगको सम्बन्ध सकिएको बताइन् । उनले भनिन्, ‘भगवानले यो सम्बन्ध तोड्नको लागि पनि बाहिर पठाएको हुनसक्छ ।’
‘हामीले एकअर्कालाई एकदमै लामो समय झेलेका छौँ । हामी दुवैको गल्ती छ । हाम्रो सम्बन्धलाई यो भन्दा तन्काउन खोजेमा त्यो एकदमै घृणित हुनेछ,’ उनले भने । आफू एकदमै सही समयमा बाहिर आएको मधुरिमाको भनाइ छ । आफूहरु एकअर्काको लागि सही नभएका उनले भनिन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Rufbm0
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

