Loading...
Loading...
आस्थालाई दीपकको सुझाव, ‘प्रहरी जवान बहिनीसँग म माफी माग्छु, तिमी पनि माग’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

४ माघ, काठमाडौं । कलाकार एवं निर्माता दीपकराज गिरीले गायिका आस्था राउतलाई सुझाव दिएका छन् । उनले आस्था राउतलाई विमानस्थलको घटनामा प्रहरी जवान बहिनीसँग माफी माग्न सुझाव दिएका छन् । उनले फेसबुकमार्फत लामो स्टाटस लेख्दै आस्थालाई सुुझाव दिएका छन् । देशमा भिआईपी भन्नेबित्तिकै नेताहरुमात्र हुने संस्कृति तोड्नुपर्ने बताउँदै हामी अहिलेकै परिस्थितिमा चल्नुपर्ने स्पस्ट पारे । पढौँ उनको स्टाटस जस्ताको तस्तैः

प्रिय आस्था बहिनी…
यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो ।

म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू…. समस्या कहाँबाट आयो भने… तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो… भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ… उनिहरू लाइ छुट्टै दवाव हुन्छ ।। उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ…. त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यहाँ पनि निस्कियो होला ।

तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ…. सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ… अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ…. अत सहनु पर्ने हामिले नै रहेछ…. बिदेशमा प्रायः यस्तो घटना हुँदैन किनकि त्यॉहा नेता मात्रै भीआईपी हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू, नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि भीआईपी मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भीआईपी हो… यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ ।

मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन्… यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ…. हामि लाइ अन्याय नै भयो भने पनि “कलाकार हो फूर्ती देखायो होला फस्यो नि’ भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छुट्नु नै सबैभन्दा उत्तम रहेछ…. तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला…. तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला…. तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अतः यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ…. जे हुन्छ राम्रैको लागि हुन्छ ।

आज कतिपय स्ट्याटस हरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउछ दुख लाग्छ…. त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग…. सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन, हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ….



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3anvM3q
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.