Loading...
Loading...
घुस लिएका दोलखाका तत्कालीन सीडीओ रिजाल अख्तियारको नियन्त्रणमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगले रिजाललाई आज पक्राउ गरेको हो । उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको अभियोग लागेको छ । भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकामा आज रिजाललाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले आजै ३ नम्बर नापी गोश्वारा कार्यालय काठमाडौँका तत्कालीन नापी अधिकृत शम्भुप्रसाद शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौँको कित्ता नम्बर २३७ को जग्गा नयाँ नापी हुँदा उक्त कित्तासँगै रहेको सार्वजनिक बाटोको जग्गासमेत घुसाई भ्रष्टाचार गरेको पाइएको छ ।

सरकारी मूल्याङ्कन पुस्तिकामा रु ६ लाख ७५ हजारका दरले रु चार लाख १२ हजार ६३७ मूल्य पर्ने जग्गा गैरकानूनी तरिकाले व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेको छ । सो कार्यमा तत्कालीन नापी प्रमुख शर्मा, मालपोत अधिकृत विष्णुकुमार राई र जग्गाधनी अरुणकुमार रञ्जित समेतको मिलेमतो देखिएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको हो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/37wqfFD via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.