भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । सरकारले २२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ ।
गृह मन्त्रालयमा आज बसेको २२औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो ।
बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोहस्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउन पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपदबाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए ।
“विसं २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनाको पुनःनिर्माणको कार्यलाई पूर्णता दिन सबै लाग्नुपर्छ”, उनले भने ।
गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविष्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउन लक्ष्य र उद्देश्यमा स्पष्ट हुनु जरुरी रहेको बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tcix4A via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

