Loading...
Loading...
नेकपा स्थायी कमिटी बैठक– सचिवालयलाई ११ सदस्यीय बनाउन माग
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पार्टी सचिवालयलाई ९ सदस्यीबाट ११ सदस्यीय बनाउन माग उठेको छ ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय सदस्यको संख्या बढाएर ११ पु¥याउनुपर्ने माग अगाडि सारेकी हुन् ।

सचिवालयमा सबैजना पुरुष सदस्य मात्रै भएको भन्दै नेतृ शाक्यले २ जना महिलालाई थपेर ११ सदस्यीय सचिवालय बनाउन माग गरेकी हुन् ।

आइतबारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा सोमबारदेखि राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको हो ।

सोमबार बैठक जारी रहँदा ९ जना नेता (स्थायी समिति सदस्य)हरुले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबारको बैठकमा वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नी सापकोटा, योगेश भट्टराई, गणेश साहलगायतले आफ्नो धारणा राखेका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2M0LSW8 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.