Loading...
Loading...
रजनीकान्तलाई अमिताभ बच्चनको तीन सल्लाह, के गर्ने/के नगर्ने ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१ पुस, एजेन्सी । सुपरस्टार रजनीकान्तलाई अमिताभ बच्चनले तीन नियममा चल्न सल्लाह दिएका छन् । सोमबार मुम्बई भएको फिल्म ‘दरबार’को हिन्दी ट्रेलर लन्च कार्यक्रममा रजनीकान्तले अमिताभको गज्जबले तारिफ गर्दै आफूलाई तीनवटा सल्लाह दिएको खुलासा गरेका हुन् ।

अमिताभलाई प्रेरणाको श्रोत मान्ने रजनीनकान्तले ६० को उमेर काटेपछि मानिस एकदमै सतर्क हुनुपर्ने धारणा व्यक्त गरे । ‘मलाई अमिताभले सर्तक रहन अनुरोध गर्दै भनेका छन्, ‘तिमिले तीन काम गर्नुपर्छ । नियमित ब्यायाम, बिहान उठेपछि व्यस्त रहने र घरभन्दा बाहिर निस्कने तर राजनीतिमा नलाग्ने,’ रजनीकान्तले भने, ‘दुई कुराहरुको मैले फलो गरिरहेको छु तर तेश्रो कुरा केही परिस्थितिहरुको कारण गर्न सकिरहेको छैन ।’

२०१७ डिसेम्बर मा रजनीकान्त राजनीनितमा प्रवेश गरेका थिए । राजनीतिमा प्रवेश गर्नेवित्तिकै रजनीकान्तले आफ्नो पार्टी तामिलनाडु विधानसभाको आगामी चुनावमा राज्यको सबै २ सय ३४ सिटमा उमेद्वारी दिने घोषणा गरेका थिए । रजनीकान्तले अमिताभ बच्चनको कैयौँ फिल्महरुको रिमेकमा काम गरेका छन् । दीवार, शंकर, अमर अकबर जस्ता फिल्महरुको तमिल रिमेकमा रजनीकान्त देखिएका थिए ।

रजनीकान्तको १० जनवरी २०२० मा रिलिज हुन लागेको फिल्म ‘दरबार’मा उनी एक प्रहरी अफिसरको भूमिकामा देखिँदैछन् । उनी दुई दशकपछि प्रहरी अफिसर बन्दैछन् । फिल्ममा रजनीकान्तको साथमा नयनतारा, सुनील शेट्टी, प्रतीक बब्बर, जतिन सरना र दलीप ताहिल जस्ता कलाकारहरुको अभिनय छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2YTRIOm
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.