Loading...
Loading...
कस्ले जित्ला ‘भ्वाइस अफ नेपाल २’ ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२८ कात्तिक, काठमाडौं । चर्चित गायन रियालटी शो ‘भ्वाइस अफ नेपाल’ अहिले लाइभ चरणमा छ । अब कुन प्रतियोगी माथि जाने भन्ने विषय कोचका हातबाट दर्शकका हातमा पुगिसकेको छ । योसँगै उपाधि कसले जित्ला भन्ने कौतुहलता पनि दर्शकमाझ चुलिएको छ ।

त्यसो त चारवटै कोचका प्रतियोगीहरु एक–से–एक छन् तर पनि कोचका आ–आफ्नै हिसाव किताव भएको बुझ्न सकिन्छ । कोचहरुले आफ्ना प्रतियोगीलार्इ राम्रोसंग चिनेका छन् तर कोच र दर्शकहरु बुझाइमा केही अन्तर पनि पक्कैपनि छ । आखिर बिजेता दर्शकले नै छनौट गर्नेछन् ।

कोच दीप अर्थात दीप श्रेष्ठको टीममा विकास लिम्बु, रजनी रिदम राई र सञ्जय महत ड्र्याकु रहँदा प्रमोद खरेलको टीममा बलबहादुर राजबंशी, मेचु धिमाल र राम लिम्बु छन् । त्यसैगरी कोच राजु लामाको टीमबाट शनिश श्रेष्ठ, गीता शर्मा र अञ्जु राना मगरले प्रतिस्पर्धा गर्दा आस्था राउतको टीममा आरिफ रौफ, यांकी योल्मा र सशिका राई रहेका छन् ।

कोच दीपका तीनै प्रतियोगी एक से एक छन् । पछिल्लो प्रस्तुतीबाट उनीहरुले त्यसको पुष्टि गरिसकेका छन् । दीपले टिम राजुबाट स्टिल गरेका प्रतियोगी सञ्जय महत ड्राकुले ‘रक’ विधा समातेका छन् भने बिकास लिम्बु र रजनी रिदम राई भर्सटाइल सिंगरका रुपमा प्रतियोगिता जित्ने सामर्थ्य राख्छन् ।

कोच प्रमोदलाई टिम दीपबाट स्टिल गरिएको राम लिम्बुबाट ठुलो आशा छ । उनका पछिल्ला प्रस्तुति पनि दमदार छन् । सुशान्त गौतमबाट छोडेर मेचु धिमाल लिनु कारण पनि मेचुको क्षमता नै हो भन्ने आम बुझाई छ । यसैगरी बलबहादुर राजवंशीको सुमधुर र परिपक्व सुरले पनि कोच प्रमोदलाई जीतको हकदार बनाउने सम्भावना देखिन्छ ।

कोच राजुसंगका प्रतियोगी उपल्ला स्थरका छन् । शनिश श्रेष्ठबाट राजुले निकै आश छ । भ्वाइस टेक्सर र मिठासले भरिपूर्ण शनिश प्रतियोगिता बिजेताका हकदार हुन नै । त्यसो त गीता शर्माको स्वर पनि अत्यन्तै मनमोहक छ । उनि पनि कोच राजुबाट उपाधिको प्रमुख दाबेदार देखिन्छन् । कोच राजुबाटै अञ्जु राना मगर पनि समुधर स्वरको साथमा जितको दौडमा छिन् ।

अन्य टीमको तुलनाम कोच आस्थाको टीम अलिक कमजोर देखिएको छ । उनीमाथि भावनात्मक कुराहरुमा बहकिएर निर्णय गर्ने गरेको आरोप ब्याटल राउण्डदेखि लाग्दै आएको हो । यद्यपि त्यसलाई लाइभ राउण्ड आइपुगुन्जेलसम्म धेरै हदसम्म सुधार गरेको देखिन्छ । आरिफ रौफ, यांकी योल्मा र सशिका राई आफैँमा प्रतिभावान गायकगायिकाहरु हुन् ।

सबै टीमका प्रतिस्पर्धीहरु प्रतिभावान र उनीहलाई गरिने कोचिङ पनि अन्तर्राष्ट्रिय स्तरको भएकोले सबैले स्टेजमा आफ्नो राम्रो प्रस्तुती नै दिन चाहन्छन् । तर कुनबेला कसको कहाँ बिग्रेको हुन्छ प्रतियोगीले पत्तै पाउँदैनन् । अब भ्वाइस अफ नेपालको यो संस्करणको बिजेता छान्ने हक दर्शकको हातमा भएकोले जसले धेरै भोट पाउँछ उसकै पल्ला भारी हुने देखिएको छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qbRqFz
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.