Loading...
Loading...
ओली-नेपाल भेटवार्ता : तिक्तता मेट्ने प्रयास
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि भेटवार्ता भएको छ ।

उनीहरुबीच झण्डै चार घण्टा लामो संवाद भएको स्रोतले जनाएको छ । लामो समयदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका ओली–नेपालबीच भएको भेटवार्तामा विगतका सम्बन्धको समीक्षासहित रुष्ट बन्नुको कारण र दुवै नेताबीच दूरी बढाउन लागेका केही नेताहरुको चलखेलका विषयमा कुराकानी भएको जनाइएको छ ।

पार्टी एकीकरण प्रक्रिया र राजनीतिक नियुक्तिमा अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेता नेपालले विमति जनाउँदै आएका थिए ।

उनीहरुबीचको सम्बन्धमा यस्तोसम्म आएको थियो कि गत ४ भदौको सचिवालय बैठकमा ओलीले नेता नेपालले दिएको स्वास्थ्यलाभको कामना समेत अस्वीकार गर्ने अभिव्यक्ति दिएका थिए। नेता नेपाले पनि तीन पटकसम्म पार्टीका निर्णयमा असहमति जनाउँदै नोटअफ डिसेन्ट लेखेका थिए ।

तर मंगलबार अध्यक्ष ओली आफैले सम्बन्ध सुधारको प्रयास गर्दै बालुवाटार बोलाएपछि दुई नेताबीच आन्तरिक छलफलसँगै पार्टीको आगामी योजनाबारे समेत छलफल भएको जनाइएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Kjjnlv via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.