Loading...
Loading...
राष्ट्रपति भण्डारी आज स्वदेश फर्किंदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार र जापान भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किने भएकी छिन् ।

म्यान्मारको भ्रमण सम्पन्न गरी जापान पुगेकी राष्ट्रपति भण्डारी जापानको हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्किंने भएकी छिन् ।

जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी आइतबार म्यान्मारबाट जापान पुगेकी थिइन् । समारोहमा भाग लिन विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा प्रतिनिधि पनि सहभागी भएका थिए ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।

जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछ्ट्टै भेटवार्ता गरेकी थिइन् ।

नेपाली प्रतिनिधिमण्डलले टोकियोको करीब एक हजार २०० पुरानो आसाकुसा मन्दिर र स्काइ ट्री टावरको पनि भ्रमण गरेको थियो । राष्ट्रपति भण्डारीको स्वागतमा जापानस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको थियो ।

यसअघि राष्ट्रपति भण्डारीले म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गरेकी थिइन् । म्यान्मार भ्रमणमा परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि प्रतिनिधिमण्डलका सदस्यका रुपमा सहभागी भएका थिए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MB4cWt via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.